११ बैशाख २०८१, मंगलबार

जसपा बिभाजन : घोषणा मात्रै बाँकी, बाबुरामको राजनीति धरापमा


बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुर र राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा नेपालमा महन्थ ठाकुर पक्षीय नेतृत्व प्रधानमन्त्री ओलीप्रति नरम छ भने उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनतिर देखिएको छ ।

यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाकुर पक्षले राजनीतिक सक्रियता बढाउँदै लगेको छ । जसपाको पार्टी कार्यालयका सचिव प्रदीप पाठकले अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरूलाई फोन गरेर जानकारी सङ्कलन गरिरहेको तथा मङ्गलबारसम्म काठमाडाैं आउन सूचना दिइएको जानकारी दिए ।

केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसदहरू कहाँ रहेको भन्ने थाहा पाउन र संसद् बोलाइसकेकाले समयमै काठमाडौँ आउन निर्देशन दिएकाले जसपाको पार्टी कार्यालयका सचिव पाठकले सम्पर्क गरेको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !