फुलेकोे तोरी उखेल्न नपाउँदै अस्ताइन् भागरथी, आमा द्रोपती भक्कानिएर रुन्छिन् Nepalpatra फुलेकोे तोरी उखेल्न नपाउँदै अस्ताइन् भागरथी, आमा द्रोपती भक्कानिएर रुन्छिन्
२५ फाल्गुन २०७७, मंगलबार

फुलेकोे तोरी उखेल्न नपाउँदै अस्ताइन् भागरथी, आमा द्रोपती भक्कानिएर रुन्छिन्


भागरथी भट्ट र उनकी आमा द्रोपती भट्ट

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्किएका केशव भट्टलाई आफ्नी आमालाई सम्हाल्न गाह्रो भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले लेखेका छन् ।

आमा द्रोपती भट्ट छोरीले बारीमा छरेको तोरी फुलेको देखेर छिनछिनमा भक्कानिएर रुन्छिन् । भागरथीको याद आउने घरका सबै वस्तु हटाइए पनि बारीमा ढकमक्क फुलेको तोरी के गर्नु ? दाजु केशवले भने, “छरेको तोरी उखेल्न नपाउँदै आफैँ ओइलाएर गई,” केशवले भने, “घर खर्च चलाउन बाख्रा पनि पालेकी थिई । बस्तुभाउ उसैको जिम्मामा थिए ।”

चडेपानी गाउँबाट डेढ घण्टाको दूरीमा पर्ने बैतडी अस्पतालको शवगृहबाट भागरथीको शव बुझे र दाजु केशव भट्टले महाकालीमा अन्तिम संस्कार गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहन थियो तर आमालाई आफन्तले हेर्न जान दिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !