१३ बैशाख २०८१, बिहिबार

सबैको ध्यान सर्वोच्चमा, संसद विघटनविरुद्ध मुद्दाको टुङ्गो यो हप्ताभित्र लाग्ने


सर्वोच्च अदालत

काठमाडौँ । संसद विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्ने संकेत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा प्रष्ट आंकलन गर्न सकिन्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि पक्ष-विपक्ष र एमिकस क्युरीको भनाइ सकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबार फागुन ११ वा १२ वा अन्य जुनसुकै दिनमा पनि निर्णय आउने उल्लेख गरेका छन् ।

सबै पक्षको बहस सकिएपछि अब सबैको ध्यान सर्वोच्च अदालतमा गएको छ । सरकार पक्षले प्रतिनिधिसभा विघटन गरिएको कार्य संविधानसम्मत छ भन्ने जिकिर गरिरहेको भने अन्य पक्षले सरकारको कार्य गैरसंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने दाबी गरिरहेका छन् ।

गत माघ ४ गतेबाट भएको बहसमा रिट निवेदकको तर्फबाट ७२ जना कानुन व्यवसायीले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने गरी आफ्नो भनाइ राखेका थिए । महान्यायाधिवक्ता, सरकारी वकिल तथा प्रधानमन्त्रीका कानुन व्यवसायीहरु गरी ४९ जनाले सरकारी कार्यको प्रतिरक्षा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !