७ बैशाख २०८१, शुक्रबार

नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने


हाइड्रोजन इन्धन

काठमाडौं । खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ । नेपालीका लागि यो इन्धन भए पनि विकसिन मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइएको छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच इन्धन र उर्जा क्षेत्रमा सहकार्य गरी काम गर्ने भनेर हालै द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जियनियरिङका डिन डा. डम्बरबहादुर नेपाली निगमका तर्फबाट निर्देशक दीपक बराबरले हस्तापषर गरेका छन् ।निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले यो सम्झौतापछि निगमले नेपालमै हाइड्रोजन इन्धन उत्पादन गरी निर्यात गर्नेसम्मको योजना बनाएको छ । हालसम्म निगमले भारतबाट इन्धन खरिद गरी स्वदेशी बजारमा बिक्री गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !