नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने तयारी Nepalpatra नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने तयारी
२२ फाल्गुन २०७७, शनिबार

नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने तयारी


नागरिक एप

काठमाडौं । सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारले तयारी गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्नेगरी आन्तरिक छलफल भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !