१३ बैशाख २०८१, बिहिबार

सभामुख सापकोटामाथि दबाब बढ्दै


अग्नि सापकोटा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन् । संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थानमा संसद् विघटन भए पनि अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् ।आजको नागरिक दैनिकमा समाचार छ ।

अहिलेको अवस्थामा सभामुख सापकोटालाई निकै चुनौति थपिएको छ । आगामी वैशाखमा निर्वाचन पनि भएन अदालतले पनि फैसला गरेन भने उनलाई संसद् बैठक बोलाउन दबाब दिनसक्ने अनुमान गरिएको छ । दाहाल–नेपाल समूह, नागरिक समाजलागयतले यस किसिमको दबाब दिनसक्ने देखिएको स्रोतले बतायो ।

सभामुखले संसद् बोलाउने र सरकारले संकटकाल लगाएमा मुलुकमा अस्थिरताको अवस्था भएकामा सभामुखले राजीनामा दिन पनि सक्नछन् । राजनीतिक अवस्था संकटमा पर्दै गएमा सभामुखले राजीनमा दिने बाटो भने खुलै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !