१३ बैशाख २०८१, बिहिबार

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !


कोरोना खोप

काठमाडौं । सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्इामराज उप्रेतीले बताए । ‘पहिला सरकारले आफ्नो जिम्मा पूरा गर्नुपर्यो,’ उनले भने ।

स्वास्थ्यकर्मी, ५५ वर्ष माथिका वृद्धवृद्धा दीर्घरोगी लगायत सामाजिक दुरी कायम गरी कठिन हुने क्षेत्रमा कार्यरत जनशक्तिलाई प्राथमिकताको पहिलो चरणमा राखेर खोप अभियान अगाडि बढाउने सरकारी नीति रहेको डा. उप्रेतीले जानकारी दिए । उनले भने, ‘निजी क्षेत्रलाई खोप वितरण गर्न दिँदा यो वर्गबाहेक अन्यले पहिला खोप पाउन सक्छने ।’

सरकारले आफ्नो दायित्व पूरा गरेपछि जिनी क्षेत्रलाई आयात अनुमति दिन सक्ने उनले बताए । सरकारले पहिलो चरणमा कोभ्याक्स सुविधान अन्तरगत सुरुमा देशको जनसंख्याको तीन प्रतिशतको हाराहारीमा रहेका स्वास्थ्य तथा समाजिक क्षेमा संलग्न व्यक्ति र त्यसपति अत्याधिक जोखिममा रहेका वृद्धवृद्धा गरी २० प्रतिशतलाई खोप उपलब्ध गराउने तयारी गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !