८ बैशाख २०८१, शनिबार

काठमाडौं र भक्तपुरका सिडियो फेरिए, को कहाँ ?


हुमकला पाण्डे

काठमाडौं । गृह मन्त्रालयले काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) परिवर्तन गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सिडिओहरू हेरफेर गरिएको हो ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा काली पराजुलीको सरुवा भएको छ । काठमाडौंका सिडियो जनकराज दाहालको गृह मन्त्रालय सरुवा भएको छ ।

यस्तै, भक्तपुरमा प्रेम भट्टराईको सरुवा भएको छ । उनी धनुषामा प्रमुख जिल्ला अधिकारी थिए। भक्तपुरकी हुमकला पाण्डेको गृह मन्त्रालय सरुवा भएको छ । धनुषामा डडेल्धुराका बन्धु बाँस्तोलाको सरुवा भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !