६ बैशाख २०८१, बिहिबार

मेयर साबको निर्देशनः बाहिर खुवाउँदा शोभनीय देखिएन, खुलामञ्चमा खाना नखुवाउनु !


खाना

कात्तिक १८, काठमाडौं । अभियन्ता बद्रीप्रसाद ढुंगानाले खुलामञ्चमा हरेक दिन झण्डै दुई जनालाई निःशुल्क खाना बितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरहरुको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् ।

तर, सोमबार ढुंगानाको समूहले खाना वितरण गरिरहँदा अवरोध झेल्नुपर्यो । महानगर प्रहरीका सईको नेतृत्वमा आएका १० प्रहरीले खाना नबाँड्न उर्दी जारी गरेको उनको बताए । ‘मेयर सा’बको निर्देशन भन्दै हामीलाई खाना बाँड्न बन्द गर्न निर्देशन दिइयो । केही दिनअघि पनि अवरोध गरिएको थियो । तर हामी रोक्दैनौँ,’ उनले भने ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिककै आग्रहमा निःशुल्क खाना वितरण रोक्ने निर्णय गरिएको बताए । बाहिर त्यतिकै खुवाउँदा शोभनीय नदेखिएकाले त्यस्त ठाउँमा खान वितरण रोक्नु आवश्यक भएको डंगोलको जिकिर छ । ‘खाना खाएर हात धुने ठाउँ छैन, शौचालय छैन, यत्रतत्र फोहोर छ, यो त ठीक भएन नि,’उनी भन्छन् ।

यता, ढुंगाना खाना खुवाउने ठाउँमा फोहोर नगरेको दाबी गर्दै फोहोर भएको भए अझ सफा गर्न तयार रहेको बताउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !