१० कार्तिक २०७७, सोमबार

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दोे



ओली-प्रचण्ड

कात्तिक २, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायामा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा खासै संवेदनशील बन्न नसकेको भन्दै अध्यक्षद्वयलाई यस विषयमा गम्भीर भएर लाग्नुपर्ने पार्टी कार्यकर्ताको सुझाव छ ।

पार्टीका विभिन्न कमिटीले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गरे पनि नेतृत्वमा रहेकाहरूले कार्यान्वयन नगर्दा एकताका बाँकी काम ओझेलमा परेको हो । नेकपाभित्र देखिने गरेको एकपछि अर्को किचलोका कारण पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेलमा पर्दै गइरहेको छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो ।

पार्टी एकता घोषणा कार्यक्रममै शीर्ष नेताले तीन महिनाभित्रैमा पार्टी एकताका सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको अढाई वर्ष पूरा भए पनि एकताको बाँकी काम टुंगो लाग्न सकेको छैन् ।

पार्टी केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीले विभिन्न समयमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गरे पनि ती निर्णयहरू त्यसै थन्कँदै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कात्तिक ५ । स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा

काठमाडौं, कात्तिक ५ । फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय गरिउको नेपाली काँग्रेसको १४ ओँ महाधिवेशन अनिश्चित

काठमाडौं, कात्तिक ५ । कम्युनिष्ट पार्टीको सञ्चालनमा सांगठानिक र प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम महासचिवको हुन्छ । तर, विष्णु पौडेल

काठमाडौं, कात्तिक ५ । गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो