१२ बैशाख २०८१, बुधबार

सरकार–डा. केसी वार्ता भंग


डा गोविन्द केसी

काठमाडौं, असोज २४ । सरकार र डा गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको छ । वार्ता टोली संयोजक डा जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले शनिबारबाट आन्दोलन सुरु हुने जानकारी दिए ।

संयोजक डा क्षत्रीले शुक्रबार दिनभर सरकारी टोलीले वार्तामा बस्नै आलटाल गरेको सुनाए । ‘डा केसीको स्वास्थ्य जोखिममा परिराखेको हुनाले गम्भीर भएर अल्टिमेटम दियौं । वार्ता नगर्ने भए प्रेस मिट गर्छौ भनेपछि वार्तामा बोलाइएको थियो’, उनले भने, ‘हिजो (बिहीबार) जुन खालको समझदारी एवं सम्झौता भएको थियो, त्यसबाट सरकारी टोली पछाडि फर्कियो ।’ उनले तत्काल वार्ता हुनेमा आफू आशावादी नरहेको बताए । ‘हामी जुनसुकै बेला पनि वार्तामा बस्न तयार छौं’, उनले भने ।

डा केसीका मागका सम्बन्धमा बिहीबार भएको चरणबद्ध वार्तामा सामान्य समझदारी भएको थियो । त्यसलाई शुक्रबार अन्तिम रूप दिने मौखिक सहमति थियो । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले डा केसी पक्षले उठाएका केही माग पूरा गर्ने म्यान्डेट आफूसँग नरहेको बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !