६ बैशाख २०८१, बिहिबार

मन्त्री हेरफेरमा दुई अध्यक्षबीच मतान्तर, क-कसले मार्लान मन्त्री पदको बाजी ?


केपी शर्मा ओली र प्रचण्ड

काठमाडौं, असोज १३ । जतिसक्दो छिटो मन्त्रिपरिषद् पुनर्गठन गर्न छलफल चलाएका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपाध्यक्ष वामदेव गौतमका विषयमा मतान्तर देखिएको छ ।

गौतमको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले टुंगो नलाग्दासम्म मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने दाहालको तर्क छ । प्रधानमन्त्री ओलीले भने असोज १४ गतेअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

ओली उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नै निरन्तरता दिएर अरू केही मन्त्री फेर्ने मनस्थितिमा छन् भने अर्का अध्यक्ष दाहालले उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूलाई सरकारमा पठाउन चाहेका छन् ।

दाहालको चाहनामा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समेत साथ छ । ‘वामदेव कमरेड मन्त्री बन्ने चाहना राखेर नै राष्ट्रिय सभामा जानुभएको हो, अदालतले नै रोक्यो भने छुट्टै कुरा, नत्र उहाँले नै चाहेका बेला पार्टीले नबनाउने भन्ने हुँदैन, त्यसैले अहिले नै मन्त्रिपरिषद् पुनर्गठनमा हतार नगरौं भन्ने प्रचण्डजीको कुरा हो,’ स्रोतको भनाई छ।

तर उपाध्यक्ष गौतमलाई सरकारमा ल्याउँदा उपप्रधानमन्त्री नै दिनुपर्ने र त्यसले अहिलेको समीकरणमै असर पुर्‍याउने भएकाले सचिवालयका अरू सदस्यहरूलाई सकभर मन्त्रिपरिषद्मा सामेल नगर्ने मनस्थितिमा ओली रहेको उनीनिकट स्रोतको भनाइ रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !