१२ बैशाख २०८१, बुधबार

कांग्रेसमा दौडधुपः पौडेल पक्ष मोर्चाबन्दीमा, सिटौला मिलाउँदै


नेपाली काँग्रेस केन्द्रीय समिति बैठक g]sf sfo{;ldlt a}7s g]kfnL sfFu|]; kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf laxLaf/ a;]sf] s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/ M /f]zg ;fksf]6f, /f;;

असोज १२, काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ ।

कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधानविपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीतिसहित अघि बढेका हुन् । सो समूहले आजसोमबार आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउँदै छ ।

तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला भने पार्टीको आन्तरिक द्वन्द्वलाई बढाउने पक्षमा छैनन् । लामो समय गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार राजधानी फर्किएलगत्तैबाट सभापति र वरिष्ठ नेतासहित पदाधिकारीसँगको भेटलाई अघि बढाएका छन् ।

सो क्रममा शनिबार नै सिटौलाले सभापति देउवालाई भेटेर महाधिवेशनबारे तत्काल निर्णय गर्न र प्रस्ट पार्न सभापतिलाई आग्रह गरेका छन् ।

यस्तै, आइतबार बिहान वरिष्ठ नेता पौडेललाई भेटेका सिटौलाले सभापतिविरुद्धको मोर्चाबन्दीको प्रस्तावलाई भने अस्वीकार गरेका छन् । सिटौलाले सभापतिविरुद्ध कुनै काम गर्नै परे आफ्नै समूहले गर्ने भन्दै अहिले महाधिवेशन प्रभावित हुनेगरी कतैबाट पनि गतिविधि हुन नहुने भन्दै पौडेलको प्रस्ताव अस्वीकार गरेको उनी निकट नेता बताउँछन् । भेटमा सिटौलाले पार्टीभित्रका बेथितिबारे केन्द्रीय समितिबाटै निकास खोज्नसमेत पौडेललाई सुझाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !