८ बैशाख २०८१, शनिबार

गर्मी मौसमको लागी उपयोगी खानेकुराहरु


summer food

– राम ठकुरी
गर्मिको मौसममा आउने तापक्रमको बृध्द्धीले गर्दा हाम्रो शरिरबाट धेरै पसिना आउने र शरिरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदी जस्ता समस्याहरु देखा पर्ने हुन्छ। यस्ता समस्याहरुबाट बच्नको लागी हामीले केहि खानेकुराहरुलाई खानामा समाबेस गराउन सक्छौं ।

जान्नुहोस् गर्मिको लागी महत्व्पूर्ण स्वास्थ्यबर्द्क खानेकुराहरुको सुची ।

खरबुजा

watermelon

गर्मिको मौसममा शरिरमा पानीको मात्रा कम भएमा स्मरण शक्ती नास हुने, मनस्थिती स्थायी नहुनाको साथै अन्य थुप्रै समस्याहरु देखिने हुन्छ । खरबुजामा ९२ प्रतिसत पानी हुन्छ। यसको अतिरिक्त भिटमिन , मिनरल्स र छालाको सुरक्षाको लागी अतीनै उपयोगी लाईकोपिन (lycopene) नामक रसायन रहेकोले यस्को सेवन अतिनै उपयोगी हुनुका साथै खरबुजाको सेवनले शरिरलाई सितलता समेत प्रदान गर्दछ ।

मकै

maize

मकैमा रहेको लुटेइन ( lutein) र ज्यान्थिन (zeaxanthin) नामक उपयोगी रसायनले छालालाई सुर्यको किरणबाट बचाउने हुँदा छालामा दाग आउनबाट बचाउँछ ।

चिसो कफि

cold coffee

चिसो कफिको सेवनले छालालाई सुर्यको किरण र अधिक तापक्रमबाट हुने हानीलाई कम गर्दछ । युरोपीयन जर्नल अफ क्यान्सर प्रीभेन्सनले प्रकासित गरेको एउटा लेख अनुसार ९३००० महिलाहरुमा गरिएको एक सर्भेक्षणमा क्याफिन भएको चिसो कफी दैनिक १ कप पिउने ब्यक्तीमा छालाको क्यान्सर हुने सम्भावना १० प्रतिसतले कम हुने तथ्य्य प्राप्त भएको छ ।

गोलभेडा

tomato

गोलभेडालाई रातो रङ दिने रसायन क्यारोटीनोइड्स (carotenoids) ले सुर्यबाट आउने हानिकारक परबैजनी किरणलाइ छाला डढाउन बाट रोक्ने गर्दछ ।

सुन्तला

orange

सुन्तलामा ८० प्रतिसत पानी हुनुको साथै पोटासियम पनि पाइने हुँदा पसिनाबाट खेर जाने पानी र पोटासीयमको मात्रा पुर्ती गर्नको लागी यो उपयोगि हुन जान्छ ।

सुपको साग

fennel

सुपको सागमा भिटामिन सि, भिटमिन बि, फोलेट, क्याल्सियम, पोटासियम, आइरन आदी पाइन्छ। शरिरमा पानीको मात्रा कम हुनबाट रोक्नुको साथै यसमा पाइने उपयोगी तत्वले मृगौलाको कार्यलाई समेत सहयोग गर्दछ ।

हरियो चिया

green tea

हरियो चियाले शरिरमा पानीको मात्रा सन्तुलन गरी पानीको कमी हुनबाट बचाउनुको साथै क्यान्सर र मुटुको रोगबाट पनि शरिरलाई बचाउँछ ।

सलाद र गाढा हरियो रङको साग

green salad

सलाद र गाढा हरियो रङको सागको सेवनले गर्मिको कारणले पसिनाको रुपमा खेर गएको भिटामिन र मिनरल्स हरुको कमी पुर्ती गर्नुको साथै सुर्यको किरणबाट छालालाई जोगाउछ ।

नरिवलको पानी

coconut water

नरिवलको पानीमा भिटामिन बि , भिटमिन सि, बिभिन्न मिनिरल्सहरु, सुगर र शरिरलाई चाहिने एमिनोएसिडहरु पाइन्छ। यसको पानीले तिर्खा मेटाउनुको साथै त्यसमा पाइने तत्वहरुले शरिरमा पानीको मात्रा पनि सन्तुलन गर्दछ ।

उखुको जुस

sugarcane juice

उखुको जुसले शरिरलाई सितल राखी चिनिको मात्रा पुरा गर्द्छ ।

कांक्रो

cucumber

कांक्रोले शरिरमा पानीको मात्रा सन्तुलन गर्नाको साथै भिटमिन र मिनरल्सको पुर्ती गरी पेट समेत स्वस्थ्य राख्द्छ ।

दुधको परिकार (योगर्ट)

yogurt

दुधको परिकार योगर्टमा चिल्लोको मात्रा नहुने र यसले पेट अनि पुरा शरिरलाई सितलता प्रदान गर्द्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !