६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीद्वारा ऐक्यबद्धता प्रकट


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत नेपाल सरकार, नेपाली जनता र आफ्ना तर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !