१३ बैशाख २०८१, बिहिबार

विपन्न परिवारलाई खाद्यान्नः असक्तलाई खाना


विराटनगर, २१ चैत । यहाँका विभिन्न सङ्घसंस्थाले ‘लकडाउन’का कारण दैनिक हातमुख जोर्ने समस्या भएका गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो ।

मुस्लिम कम्यूनिटी सेन्टरले विराटनगरका–६ प्रगति टोलका तीन सय विपन्न परिवरलाई बिहीबार खाद्यान्न वितरण गरेको हो । मुस्लिम नेता वसिम आलमले सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि लागू गरेको लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदूरी गर्ने गरिव तथा विपन्न परिवारलाई खाद्यान्नको सङ्कट परेको जानकारी प्राप्त भएसँगै राहत वितरण गरिएको बताउनुभयो ।

नेता आलमले लकडाउनबाट प्रभावित विराटनगरका भित्री सडकमा रहेका विपन्न, रोजगारविहीन, असक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक तयारी खाना वितरण गर्दै आइरहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !