७ बैशाख २०८१, शुक्रबार

‘मधेस आन्दोलनकाक्रममा ५२ जनाको मृत्युको मुख्य जिम्मेवार माओवादी केन्द्र’


भदौ २२, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले माओवादी केन्द्रलाई ‘विश्वास नभएको पार्टी’को संज्ञा दिएको छ । बिहीबार राजधानीमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै राजपा अध्यक्षमन्डलका नेताहरुले माओवादीलाई लोकतान्त्रिक विधिमासमेत विश्वास नभएको शक्तिकोरुपमा व्याख्या गरे ।

नेपाली कांग्रेस र नेकपा एमालेभन्दा माओवादीको बढी आलोचना गर्दै प्रस्तुत् भएका राजपा नेताहरुले घोषणापत्रमा माओवादीलाई अधिनायकवादी, सर्वसत्तावादी र संघीयताविरोधीकोरुपमा व्याख्या गरिएको छ । मधेस आन्दोलनकाक्रममा ५२ जना मधेसीको मृत्युको मुख्य जिम्मेवार पनि माओवादी केन्द्र नै रहेको आरोपसमेत उनीहरुले लगाए ।

यस्तै, एमालेलाई संघीयता र समावेशीविरोधी तथा मधेसप्रति अनुदार पार्टीकोरुपमा राजपाले व्याख्या गरेको छ । कांग्रेसलाई पनि राजपाले संघीयता र समावेशीप्रति प्रतिबद्धता नभएको पार्टीको संज्ञा दिएको छ भने संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमलाई ‘व्यक्तिगत स्वार्थप्रेरित दल’ भनिएको छ । राजपा नेताहरुले निर्वाचनमा विचार मिल्ने दलहरुसँग तालमेल हुनसक्ने पनि बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !