१३ बैशाख २०८१, बिहिबार

एमाले सचिव योगेश ५१ वर्ष पुगे, जन्मदिनमा मुटु रोगीलाई सहयोग


भदौ २१, ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर गृह जिल्ला ताप्लेजुङका एक बिरामी बालकलाई आर्थिक सहयोग गरेका छन् । फुङ्लिङ नगरपालिका ९ हाङ्देवाका मिलन शेर्पाको उपाचारका लागि नगद १५ हजार रुपैयाँ उपचार खर्च स्वरुप बुधबार प्रदान गरेका हुन् ।

मुटुका विरामि शेर्पाको दुईवटा भल्ब फेर्नुपर्ने अवस्था रहेको उनका परिवारले बताएका छन् । उपचार खर्चको अभाव भइरहेको बेला सचिव भट्टराईले आफ्नो ५१ औ जन्म दिनको अवसर पार्दै शेर्पालाई नगद सहयोग गरेको भट्टराईका सहयोगी प्रेम गुरागाईले बताए ।

विरामी शेर्पाको थप उपचार र पालन पोषणमा पनि सचिव भट्टराईले सहयोग गर्ने बताए । सो रकम ताप्लेजुङ–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष सन्तोस मादेनलाई हस्तान्तरण गरएिको हो । मादेनले विरामी बालकको परिवारलाई हस्तान्तरण गर्ने बताईएको छ ।भट्टराईको २०२३ साल भदौ २१ गते साविक साँघु गाविसमा जन्म भएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !