७ बैशाख २०८१, शुक्रबार

चीनको वुहानबाट ल्याइएका सवै नेपाली सुरक्षित : स्वास्थ्य मन्त्रालय


वुहानबाट १७५ जनालाई ल्याइयो : खरिपाटीस्थित क्वारेन्टाइनमा

७ फागुन, काठमाडौं । चीनको वुहानबाट ल्याइएको १७५ जना नेपालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ । उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा उनीहरूमा कोरोना नेगेटिभ भएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरको परीक्षण गरिएका १ सय ७५ जनामा नै कोरोना नेगेटिभ भएको पाइएको जनाइएको हो । चीनबाट ल्याएकालाई आइतबार बिहान भक्तपुरस्थित खरिपाटीमा राखिएको छ । वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !