७ बैशाख २०८१, शुक्रबार

कोइला बालेर सुतेका आमा छोरीको मृत्यु


कोइला बालेर

मंसीर ३०, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-८ सुन्दर बस्तीमा जाडोमा कोठा तातो बनाउनका लागि मकलमा कोइला बालेर सुतेका आमा-छोरी मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनकी २ महिने छोरी भएको महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति शर्मिला, उनकी छोरी र श्रीमान् नवराज मकलमा कोइला बालेर सुतेका थिए । बिहान छोरीलाई तेल लगाउनका लागि भन्दै श्रीमती शर्मिलालाई उठाउन खोज्दा नउठेपछि नवराजले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताएका छन् । उनका अनुसार आमा-छोरीको मृत्युको कारण पत्ता लगाउन चिकित्सक सहित प्राविधि प्रहरीको टोली कीर्तिपुर पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !