११ बैशाख २०८१, मंगलबार

आठ जिल्लामा मात्रै चार सय ७० विघा सरकारी जग्गा व्यक्तिको नाममा


२९ मंसिर, काठमाडौं । आठ जिल्लामा मात्रै चार सय ७० विघा अर्थात् ६ हजार २ सय ५५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको भेटिएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले आठ जिल्लाको विवरणसहितको प्रतिवेदन शनिबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।

आयोगले बाँके, मकवानपुर, कास्की, रौतहट, सर्लाही, रुपन्देही, काठमाडैँ र सुनसरीमा हिनामिना गरिएको सरकारी जग्गाको विवरण तयार गरेको हो । आयोगको प्रतिवेदन अनुसार सबैभन्दै धेरै सुनसरीको सर्दु जलाधार क्षेत्रको दुई सय ५० विघा जग्गा व्यक्तिको नाममा पुगेको जनाएको छ । ६ महिनाको अध्ययनमपछि प्रतिवेदन तयार गरेको आयोगलाई थप काम गर्न ६ महिना समय थपिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !