१३ बैशाख २०८१, बिहिबार

रंगशालामा दर्शकमाथि प्रहरीको कुटपिट


रंगशालामा दर्शकमाथि प्रहरीको कुटपिट

मंसीर २४, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका फुटबल समर्थकमाथि प्रहरीले कुटपिट गरेको छ । आज मंगलबार १३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच हुने खेलको टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।

उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि घेरा हालेर लाठीले कुटेको थियो । कुटपिटको फोटो खिचेको भन्दै नागरिक दैनिकका पत्रकार समुन चापागाईलाई प्रहरीले दुर्व्यवहार गरेको हो । टिकट पाइएन भनेर आएकालाई प्रहरीले हट्नुस् भन्दा नहटेपछि दर्शकहरु ठेलमठेल गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !