११ बैशाख २०८१, मंगलबार

आलम विरुद्ध मुद्दा चलाउने रौतहटका सरकारी वकिलको सरुवा


मोहम्मद आफताब आलाम

२ मंसिर, काठमाडौं । ‘आलम आतंक’ भन्दै मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा भएको छ यो समाचार आजको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता फणीन्द्रराज कटवालको आइतबार मकवानपुर सरुवा भएको हो । असुरक्षा महसुश भएको भन्दै उनले सरुवा मागेका थिए ।

आलमलाई नख्खु कारागारमा भेट्न धेरै इच्छुक रहेको तर चारजनालाई मात्रै भेटेको खबर छापेको छ । उनलाई भेट्न आइतबार रौतहटबाट १२ जना भन्दा धेरैको टोली नख्खु कारागार पुगेको थियो । तर, चारजनालाई मात्रै भेट्न पाए । उनलाई बिहान ११ बजेपछि रौतहट काँग्रेसका सभापति कृष्ण प्रसाद यादव तथा आफन्तले भेटेका थिए । अन्यलाई भने कारागारमा राजनीति नचल्ने भन्दै प्रवेश नै दिइएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !