तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

२२ कात्तिक, काठमाडौं । सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ । पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ ।

यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो । यी मध्ये कतिपय नदीमा सानो आकारमा स्टीमरलगायतका यातायात सञ्चालनमा छन् । सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहितको टोली नदीमा खटाउन लागिएको नेपाल पानीजहाज कार्यालयले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: Content is protected !!