८ बैशाख २०८१, शनिबार

नेपालबाट लगानी फिर्ता लैजान आएनन् उत्तर कोरियाली लगानीकर्ता


२१ कात्तिक, काठमाडौं । नेपालमा गरिएको लगानी फिर्ता लैजान दिइएको समयसीमा सकिँदा पनि उत्तर कोरियाली लगानीकर्ताहरु उद्योग विभागको सम्पर्कमा आएका छैनन् । विभागले कात्तिकको दोस्रो साताभित्र नेपालमा रहेको लगानी प्रक्रिया पुर्याइ फिर्ता लैजान कात्तिक ३ गते तेस्रोपटक निर्देशन दिएको थियो ।

यसअघि भदौ ३० निर्देशनमा विभागले उत्तर कोरियाली लगानीकर्तालाई ४५ दिनको म्याद अर्थात कात्तिक १४ गतेसम्म लगानी फिर्ता लैजान भनेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा निकेश खत्रीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !