७ बैशाख २०८१, शुक्रबार

उपनिर्वाचनको सुरक्षा तयारीबारे गृहमन्त्रीसहित सुरक्षा अधिकारीको बैठक


रामबहादुर थापा

१५ कात्तिक, काठमाडौँ । उपनिर्वाचनको सुरक्षा तयारीबारे शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र नेपाली सेनाका रथी गौरब तण्डुलवीच गृहमन्त्रालयमा छलफल भएको छ ।

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !