१३ बैशाख २०८१, बिहिबार

२ महिनामा ४ गैंडा मरे


गैँडा

१४ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भदौ ११ गते देखि कात्तिक ९ गते सम्म कालगतीले चार वटा गैंडा मरेका छन् । बुढो भएर हिँडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको अन्दाजी ४० वर्षको भाले गैंडा मरेको उननिकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतीका कारण ४१ वटा गैंडा मरेका थिए । चोरी शिकारीवाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्षहरुमा कालगतीवाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !