७ बैशाख २०८१, शुक्रबार

रौतहट जिल्लामा गोली हानेर युवकको हत्या


गोली

असोज २६, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुल नजिकै एक युवकको गोली हानेर हत्या भएको छ । भारतीय नम्बरको मोटर साइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारततर्फ फर्किएको स्थानीयले बताएका छन ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २५ बर्षका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !