११ बैशाख २०८१, मंगलबार

धनकुटामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते


१२ कात्तिक, भोजपुर । धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको जीप शुक्रबार साँझ दुर्घटना हुँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

जीप सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राई र सुनसरीकी ४५ बर्षिया सुशिला श्रेष्ठको मृत्यु भएको हाे ।

घाइतेहरुको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय छिन्ताङ्गले जानकारी दिएको छ ।

भोजपुरको घोडेटार हुँदै हसनपुरबाट अरुण नदीसम्म कच्ची बाटो यसै वर्ष खनिएको हो । त्यहाँबाट अरुण नदी पारी धनकुटाको अखुवाटार हुँदै तमोरको मुलघाट निकालेर धरानसम्म जाने कच्ची बाटो पनि जोडिएको थियो । यही बाटोबाट आउने क्रममा सवारी दुर्घटनामा परेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !