११ बैशाख २०८१, मंगलबार

त्रिशुली नदीमा ट्रक खस्दा, दुईको मृत्यु , दुई जना घाइते


accident

काठमाडौँ : चितवनको दारेचोक ७ चुङखोलामा आज विहान पौने ४ बजे एउटा ट्रक खसेको छ। ना ३ ख ९९०६ नम्बरको ट्रक अनियन्त्रीत भई त्रिशुली नदी किनारमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रक चालक बारा मोतिसारका २६ वर्षीय राज कमार साह कानुको सनाखत भएको छ। अर्का नाम थर खुल्न नसकेका पुरुषको पनि मृत्यु भएको छ।

उनीहरुको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा ट्रकमा सवार बारा बलरामपुर ४ का २५ वर्षीय भुवन देव साह र बारा कै कलैया २ का राममणी प्रसाद यादव भने घाइते भएका छन्। घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !