१३ बैशाख २०८१, बिहिबार

श्रीपञ्चमी मेला भब्यताका साथ समापन


श्रीपञ्चमी मेला

७ फागुन, सिनाम, ताप्लेजुंग । धेरै ठूला मेलाहरुको श्रेणीमा पर्ने श्रीपञ्चमी मेला आयोजकले उद्घोष गरे बमोजिम सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । भावसागर युटुब चेनलमा भर्खरै अपलोड भएको सरस्वती माताको भजनका साथ पानसमा बत्ति बालेर सिरिजंघा गाउँपालिका प्रमुख र अन्य बिशिष्ठ अतिथिहरुबाट उदघाटन भएको भब्य सांगितिक साँझ बेलुका ६ बजेदेखि रातको १ बजेसम्म हजारौ दर्शकहरुको सौहार्दपूर्ण समापन भएको छ । उदघाटन समारोहमा चर्चित बाल कलाकार आयुष र अंशुले नृत्य प्रदर्शन गरे भने ई. बीरेन्द्र श्रेष्ठको भर्खरै मात्र रेकर्ड सम्पन्न भएको गीत पिरिमको बाढी आफ्नो जन्मस्थानमा पस्किएका थिए ।

उदघाटन समारोह लगत्तै गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको थियो भने गायनमा स्थानीय बिनोद कालिकोटे र नृत्यमा छिमेकी जिल्ला पांचथर अमरपुरकी दिपिका लिङ्गदेनले श्रीपञ्चमी आईडलको ताज पहिरिएका छन् । आयुष र अंशुको नृत्यबाट मुख्य सांगीतिक साँझ सुरु भएपश्चात फिदिमकै बिशाल रशाईलीको ग्रुप, नुवाहाङ्ग लिभाङ्गको नेतृत्वमा ईटहरीबाट आएको बि बोईङ्ग डान्स समुह, मिरिङ्गदेन स्टार अन्जली, श्रीपञ्चमी आईडल २०७४ लक्ष्मण भट्टराईको प्रस्तुतीका साथ राष्ट्रिय कलाकारहरु तारा थेबे, पूर्ण काम्बाङ्ग, ई. बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका मिना निरौलाले रातको १ बजाएको दर्शकले पत्तै पाएनन् । पूर्बमा आफ्नो दर्बिलो छबि बनाउन सफल न्यु लाईट साउण्ड र ख्याति प्राप्त कलाकारहरुको ब्यबस्थापनले याङ्गरुपमा अहिलेसम्मकै सर्वोत्कृष्ठ प्रोगाम आयोजना भएको धेरै दर्शकहरुको प्रतिकृया छ भने रातको प्रोग्राम भएता पनि अत्यन्तै शभ्य र रहुशे दर्शक अनि आयोजक पाएको बताउछिन गायिका मिना निरौला ।

माघ २६ गतेको भद्रपुरको फ्लाईट रद्घ भएपश्चात गाडी बाट यात्रा तय गरी रातको ३ बजे पौवा भन्ज्याङ्ग क्रश गर्ने क्रममा सडकमा जमेको हिउमा गाडी चिप्लीएर नालीमा खसे पश्चात मिलन बिश्वकर्माको सहायताले अर्को गाडी झिकाई ५/७ ठाउँमा चिप्लदै ३ किलो मिटर हिडेर कान्छि दोकान छेउ पुगी फिदिमबाट ल्याएको गाडि चढेर होटल मनस्वी पुग्दा २७ गते बिहानको पौने सात बजि सकेको तितो अनुभवका बाबझुद अत्यन्तै सफल कार्यक्रम सम्पन्न भएकोले मनै फुरुङ्ग भएको बताउछन् ई. बीरेन्द्र श्रेष्ठ ।

सांस्कृतिक कार्यक्रमको अलावा मेलाको रौनकको रुपमा गएको सालदेखि फुटबल खेल समेत खेलाएको र यो साल मेला आयोजक मद्येकै थुम्बेदिन ६ प्रथम र मखमलि युबा क्लब सिनाम दोश्रो भए भने प्रथम पुरस्कार स्थानीय पूर्ब प्रधानपंच भिष्मराज थेवेको परिवारले प्रायोजन गर्दै आएका छन् । त्यसै गरी मेलालाई आर्थिक, भौतिक र मेलामा उपस्थित भई सहयोग पुयाउने सम्पुर्ण महानुभावलाई हृदयदेखिको आभार ब्यक्त गर्छन मेला कमिटीका तथा पंचमी स्रिजनशिल युबा क्लबका अद्यक्ष नेत्र भण्डारी । स्वास्थको कारणले मेलामा उपस्थित हुन नसकेपनि भब्य सम्पन्न गराउन सफल भएकोमा मेला आयोजक कमिटी र ई. बीरेन्द्र श्रेष्ठलाई यसै समाचार मार्फत बधाई ज्ञापन गर्दछन् संचारकर्मी तथा मोडल दिनेश लिंखिमका साथै बिदेशबाट समेत बधाई ज्ञापन गर्दछन् नबिन लाम्गादे ।

मेला स्थापित गर्न गराउन सक्दो सहयोग गर्ने गाउँपालिका प्रमुखबाट आश्वासन प्राप्त भएको र मेला प्रेमीहरु (लक्ष्मी मिश्र, बसन्त थेवे, राकेश उप्रेती, मण्डल थेवे, शिव थेवे, लक्ष्मी श्रेष्ठ, अम्बिका गुरुङ्ग, प्रबिण थुपुक्को थेवे,खेम लिङ्गदेन, सरु थेवे, गंगा ईवाराम, राम ईवाराम, सुशिला थेवे, लिला बोखिम, शान्ति मादेन, खड्ग श्रेष्ठ, राम लिङ्गदेन, भुवन लिङ्गदेन, बिष्णु ईवाराम, बिष्ण थेबे, तुलसी सिवाकोटी, गुडिया थेबे, ज्ञानु भट्टराई, मिना राई, महेन्द्र गौतम, उर्मिला थेबे, ललिता थेबे, भिम थेबे, कमला के सी, लाल लिङ्गदेन, दुर्गा थेबे, तेज बुडाथोकी, अन्जय ईवाराम, भुपेन्द्र श्रेष्ठ, साकुरा जापानिज भाषा सेन्टर, बाबा एजुकेशन कन्सल्टेन्सी लगायत अन्य धेरै)बाट निरन्तर सहयोग भई रहेको मेला कमिटीका अद्यक्षले सहयोगीजन लाई कृतज्ञता प्रकट गर्दै जानकारी गराए भने आगामी बर्ष देखी मेला  अझ भब्यताका साथ लाग्ने आश्वाशन दिएका छन् ।

श्रीपञ्चमी मेलाका केहि तस्वीरहरु 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !