१२ बैशाख २०८१, बुधबार

टेकुमा बसको ठक्करले मोटरसाइकल पछाडि बस्ने यात्रुको मृत्यु


bike-accident

काठमाडौँ : टेकु यामाहा सोरुम अगाडि सोमबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बा ७३ प ४३०९ नम्बरको मोटरसाइकल पछाडि बस्ने यात्रुलाई बसले ठक्कर दिँदा मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन्। मोटरसाइकल र चालकलाई भने केही भएको छैन।

त्यस्तै बाराको अमलेखगञ्ज-२ मा गएराति सवा ११ बजे ना ३ च ५९५२ नम्बरको बलेरो जीप नियन्त्रण गुमाएर सडकमै पल्टिदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बलेरोमा सवार बारा पिपरपाती-५ का २२ वर्षीय कुन्दन साह रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा गएराती साढे १२ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक र परिचालको पनि सोही अस्पतालमा उपचार भैरहेको छ।

त्यस्तै गएराति सवा ९ बजे रामेछापको खिम्ती-२ खहरे खोलामा खिम्तीबाट मन्थलीतर्फ जाँदै गरेको ना १ ज ४५ ५२ नम्बरको टाटा सुमो नियन्त्रण गुमाएर पल्टिँदा चालकसहित १० जना घाइते भएका छन्।

घाइते मध्ये चालक रामेछापकै तिल्पुङ-५ का ३४ वर्षीय सञ्जय खड्काको अवस्था गम्भीर रहेको छ। खड्काको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौँ ल्याइएको छ भने अन्य ९ जनाको तामाकोशी अस्पताल मन्थलीमा उपचार भैरहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !