१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन


राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

३१ असोज, काभ्रेपलान्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले जेठी छोरी उषाकिरण भण्डारीका साथ करिब १५ मिनेट पूजाअर्चना गर्नुभएको हो ।

उहाँ विहान ९ः३५ बजे भगवती मन्दिर पुग्नुभएको थियो । राष्ट्रपति भएपछि उहाँले यस मन्दिरमा पूजाअर्चना गर्नुभएको यो दोस्रोपटक हो । उहाँसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाको २६ नंबर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा मन्दिर व्यबस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभयो । राष्ट्रपति भण्डारीले ‘यस विषयमा म सरकारसँग कुरा गर्छु’ भन्नुभयो । मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु दुई करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । (रासस)

यो पनि पढ्नुहोस्  

राष्ट्रपतिद्वारा वृक्षरोपण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !