१२ बैशाख २०८१, बुधबार

मुस्लिम समाजद्वारा सार्वजनिक बिदा माग


Nepalpatra

९ जेठ, विराटनगर ।  नेपाल मुस्लिम समाजले मुसलमानको महान् चाडपर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा इदुल फित्र, इदु जोहा (रमजान र बकरिद) तथा पैगम्बर हजरत मुहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिनुपर्ने, कब्रस्तान(चिहान)लाई विधिवत् दर्ता गराई पुर्जा दिनुपर्ने, मदरसा शिक्षालाई मूलधारमा ल्याई अनुदान र दर्ताको प्रक्रियालाई अघि बढाउनुपर्ने, मुस्लिम आयोग गठन हुनुपर्ने, राज्यको हरेका अंगमा जनसंख्याका आधारमा समानुपातिक ढंगले मुसलमानलाई सहभागी गराउनुपर्ने र सरकारी तथा अर्धसरकारी कार्यालयको विज्ञापन हुँदा अल्पसंख्यक मुसलमानको संख्या तोकी भर्ना हुने प्रक्रिया लागू गर्नुपर्ने माग गरिएको छ ।

विभिन्न राजनीतिक दलका शुभेच्छुक संस्थामा आबद्ध ताजिम अहमद, सालिम खान, फिरोज खान र शाहाव अहमदद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । यसअघि आफ्ना माग पूरा गराउन नेपाल मुस्लिम संघ मोरङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइसकेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !