४ बैशाख २०८१, मंगलबार

‘समृद्धिका लागि साहित्य’ विषयक कविगोष्ठी हुँदै


Nepalpatra

३ जेठ, काठमाण्डौ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको आयोजनामा यही जेठ ५ गते ‘समृद्धिका लागि साहित्य’ विषयक विशेष कविगोष्ठी हुने भएको छ ।

गोष्ठीमा सोही विषयमा डा कृष्णप्रसाद घिमिरे, डा देवी नेपाल र डा बिन्दु शर्माबाट अवधारणापत्र पेश गरिने भएको छ । वर्तमान सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अगाडि ल्याएको छ ।

प्रतिष्ठानका अध्यक्ष सांसद डा विजय सुब्बाको अध्यक्षतामा बुधबार बसेको बैठकले वर्षभरि समृद्धि र साहित्य विषयमा कार्यक्रम गर्ने निर्णय गर्नाका साथै नेपाली प्रसारण माध्यममा नियमितरुपमा जनमुखी गीतसंगीत प्रस्तुत गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !