७ बैशाख २०८१, शुक्रबार

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा शैक्षिक क्षेत्रमा सहयोग


MBL Bank

२७ चैत, काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले मातृभूमि महिला समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पीडित, द्वन्द्वपीडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विद्यार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्नेगरी एक लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यसैगरी चैत २६ गते  एक कार्यक्रमका बीच बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

उक्त कार्यकममा चेक हस्तान्तरण बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाबाट भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !