७ बैशाख २०८१, शुक्रबार

दमकमा कैलाश विकास बैंकको शाखा विस्तार


Kailash Bikas Bank

२७ चैत, झापा । कैलाश विकास बैंक लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो ४७ औं शाखा स्थापना गरी सोमबारदेखि कारोबार थालेको छ ।

सो शाखाको विधिवत उद्घाटन एक समारोहका बीच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरे ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४७ पुगेको छ भने एटीएम संख्या २२ रहेको छ । बैंकले निकट भविष्यमा बारा जिल्लाको गञ्जभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको वीरगञ्ज तथा अन्य विभिन्न ठाउँहरुमा  शाखा संचालन गर्ने तयारी गरिरहेको छ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्ब ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२० अर्ब ०४ करोड निक्षेप संकलन गरी रु.१८ अर्ब १६ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

यस संस्थाले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट ई.सं. २००९ मा पहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको छ भने नेपाल राष्ट्र बैंकको रजत जयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान लगायत अन्य सम्मानहरु समेत प्राप्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !