१२ बैशाख २०८१, बुधबार

क्षेत्रीय ब्याडमिन्टनको उपाधि झापालाई


२७ चैत, सोलुखुम्बु  । सल्लेरीमा तीन दिनदेखि जारी पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाले जितेको छ ।
सोलुखुम्बुको एक मात्र कबर्ड हल सल्लेरीमा सम्पन्न प्रतियोगितामा १४ जिल्लालाई पछि पार्दै झापाले उपाधि कब्जा गरेको हो । पुरुष तथा महिला सिंगल र डबल्स तर्फको प्रतियोगितामा झापाले २ स्वर्ण, १ रजततथा १ कास्य जितेको छ ।
त्यस्तै १स्वर्ण, २ रजततथा २ कास्य सहित मोरङ्ग दोश्रो तथा १ स्वर्ण तथा ३ कास्य सहित भोजपुर तेश्रो भयो । इलामबाहेक तत्कालीन पूर्वाञ्चालका १५ जिल्लाको सहभागिता रहेको खेलमा पाँचथरले १ स्वर्ण, तेह्रथुमले १ रजत र १कास्य, सुनसरीले १ रजत तथा ताप्लेजुङ्गले ३ कास्य जित्न सफल भएका छन् । उपाधि विजेता जिल्ला तथा खेलाडीहरुलाई सोमबार सम्पन्न समापन समारोहका बीच शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
पूर्वाञ्चाल क्षेत्रीय खेलकुद विकास समिति, विराटनगरको आयोजना तथा सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगितामा १५ जिल्लाका १ सय २० जना खेलाडीको सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !