८ बैशाख २०८१, शनिबार

“२०७५ साल सामसङ अफर बबाल” अफर घोषणा


Samsung

२६ चैत, काठमाण्डौ । नेपालको सर्वाधिक विक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै “२०७५ साल सामसङ अफर बबाल” अफर घोषणा गरेको छ ।

नयाँ वर्ष २०७५ मा उपभोक्ताहरुका लागि नयाँ अफर ल्याएको सामसङले जानकारी दिएको छ । सामसङ मोबाइल शाखा प्रमुख प्रणयरत्न स्थापितले भन्नुभयो, ‘हामी विश्वस्त छौँ, यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझै प्रगाढ बनाउनेछ’ ।

योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु पाउनेछन् । अब उपभोक्ताले ‘ग्यालेक्सी ट्याब एसथ्री’को खरिदमा ‘लेभल बक्स स्पिकर’, ‘एस एट/एसएट प्लस’को खरिदमा ‘लेभल यु फ्लेक्स’ तथा ‘नोट एट’को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउँनेछन् ।

यी उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा पनि भारी छुटको व्यवस्था गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !