११ बैशाख २०८१, मंगलबार

दुर्इ बाणिज्य बैंक सहित ५ कम्पनीको दुर्इ करोड ३८ लाख कित्ता सूचीकृत


Just listed

२० चैत, काठमाण्डौ ।  नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सिटिजन्स् बैंक इन्टरनेशनल सहित  नेपाल बंगलादेश बैंक, सहयोगी विकास बैंक र स्वावलम्बन लघुवित्तको बोनस  तथा हकप्रद सूचीकृत भएको छ ।

चार वटै कम्पनीकाे गरि कूल दुर्इ करोड ३७ लाख ९९ हजार ३२४ दशमलव ४३ कित्ता बोनस तथा हकप्रद सूचीकरण भएका छन् ।

मंगलबार सूचीकृत गराउने कम्पनीमध्ये सिटिजन्स् बैंकको सबैभन्दा बढी एक करोड ११ लाख १५ हजार ४६७ कित्ता बोनस सेयर रहेको छ ।

त्यसैगरि नेपाल बंगलादेश बैंकको ८६ लाख ८८ हजार ५०७ कित्ता बोनस तथा एक हजार ५५४ कित्ता हकप्रद सेयर सुचीकृत भएको  छ ।

ज्योति विकास बैंकको २३ लाख दुर्इ हजार ८७२ दशमलव ४३ कित्ता बोनस, सहयोगि विकास बैंकको ८ लाख ४९ हजार ४४७ कित्ता बोनस तथा स्वावलम्बन लघुवित्तको ८ लाख ४१ हजार ४७७ कित्ता बोनस सेयर पनि मंगलबार नै नेप्सेमा सूचीकृत भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !