१२ बैशाख २०८१, बुधबार

स्पर्श लघुवित्तले आइपीओ जारी गर्ने


IPO

१४ चैत, काठमाण्डौ ।  स्पर्श लघुवित्त बित्तीय संस्थाले २ करोड ४० लाख मूल्यको साधारण सेयर निश्कासन गर्ने भएको छ ।

यो लघुवित्त कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारण र आफ्ना कर्मचारीका लागि निश्कासन गर्न लागेको हो ।

कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।

आइपिओ निष्काशन सम्बन्धि सम्झौतामा स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यो बित्तीय संस्थाको हालको चुक्तापूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी बढेर ८ करोड रुपैयाँको उचाईमा पुग्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !