८ बैशाख २०८१, शनिबार

नबिल बैंकको खाता खोल्ने बित्तिकै वर्षभरीकै ब्याज पाइने


नबिल बैंक

८ चैत, काठमाण्डौ ।  नबिल बैंकले मुद्दति खातामा ११% ब्याज दिने भएको छ । यसअघि साना र मध्यम स्तरका बैंकहरुले ब्याजदर बढाउन होडबाजी गरे पनि नबिल, स्टान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकले मुद्दति निक्षेपमा १०% भन्दा तलै ब्याजदर कायम गरेका थिए ।

तर अहिले नबिल बैंक समेत उही प्रतिस्पर्धामा उत्रिएपछि बजारमा तरलता अभाव तत्काल समाधान नहुने संकेत देखिएको छ । नबिल बैंकले ११% ब्याजदर घोषणा गदै अग्रीम ब्याज भुक्तानी गर्ने पनि जानकारी दिएको छ ।

यतिमात्र होइन, यस योजनामा खाता खोल्ने बित्तिकै वर्षभरीकै ब्याज तुरुन्तै जम्मा गरिनेछ । यसका लागि न्यूनतम मौज्दात भने ५ लाख रुपैयाँ हुनुपर्नेछ । यो योजना १ र २ वर्ष अवधिको हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !