१२ बैशाख २०८१, बुधबार

कोरियाको अनुमति परीक्षाका लागि आवेदन खुला


EPS

८ चैत, काठमाण्डौ । कोरियामा रोजगारीका लागि बिहीबारवाट रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ ।

ईपीएसअन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियाली भाषा परीक्षाको आवेदन फाराम बिहीबारवाट संकलन गर्न लागिएको ललितपुरस्थित ईपीएस कोरिया शाखाले जनाएको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका अनुसार फारम भर्ने म्याद चैत १७ गतेसम्म छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्नेछन् ।

यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको र भाषा परीक्षा जेठ २६ र २७ गते हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !