८ बैशाख २०८१, शनिबार

प्रिमियर इन्सुरेन्सको बोनस समायोजन, कतिमा खुल्यो कारोबार ?


Premier Insurance

८ चैत, काठमाण्डौ । प्रिमियर इन्सुरेन्सको १३.५२% बोनस सेयरमा भाउ समायोजन भएको छ । बोनस समायोजनपछि प्रिमियरको सेयर भाउ प्रतिकित्ता ८०६ रुपैयाँ कायम भएको छ । बिहीबार प्रिमियरको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यो इन्सुरेन्सको औसत अधार मूल्य भने ८१६ रुपैयाँ छ ।

यो इन्सुरेन्सले चैत २६ गते बस्ने वार्षिक साधारण सभामा १३.५२% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले बिहीबार (चैत ८ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । साधारण सभा नक्साल ब्यांक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । प्रिमियरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले पुस १६ देखि १९ गतेसम्म ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो ।

एफपीओ बिक्रीपछि चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुगेको छ । कम्पनीले दिन लागेको बोनस सेयर एफपीओ किनेकाले पनि पाउने छन् । बोनसपछि चुक्ता पुँजी ५१ करोड ८१ लाख २० हजार ४९ रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १२ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैयाँ ६९ पैसा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !