८ बैशाख २०८१, शनिबार

सेन्ट्रल फाइनान्सले हकप्रदले समेत पाउने गरी घोषणा गर्यो लाभांश


Bonus

६ चैत, काठमाण्डौ । सेन्ट्रल फाइनान्स (CFCL) ले गतबर्षको मुनाफाबाट ६ करोड ६३ लाख ८४ हजार ५०९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हालसालै बिक्री गरेको ५० प्रतिशत हकप्रदले समेत पाउनेगरी बोनस प्रस्ताव गरेको हो ।

कम्पनीले सोमबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर समेतको गरी ६ करोड ६३ लाख ८४ हजार ५०९ रुपैयाँ चुक्तापूँजीको ८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३४ लाख ९३ हजार ९ सय २२ रुपैयाँको नगद लाभांश दिने भएको हो ।

फाइनान्सले गत पुस २३ गतेदेखि फागुन १३ गतेसम्म चुक्ता पूँजी ५२ करोड ६ लाख को ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

हकप्रद र बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ८४ करोड ७३ लाख नाघ्नेछ । यो सँगै फाइनान्सले राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !