४ बैशाख २०८१, मंगलबार

‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ योजना आजबाट सुरू


Suit Bank

४ चैत, काठमाण्डौ । सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लि.को ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामक बम्पर योजना आजबाट लागु भएको छ ।

ग्राहकहरुको चाहना बमोजिम पूरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाईनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले एक महिना अघि नै ल्याईएको उक्त अफर आजबाट लागु भएको हो । उक्त अफरको आज पत्रकार ऋषि धमलाले उद्धघाट्न गरेका हुन्।

काठमाण्डौको पुतलीसडकस्थित् नेपाल सेयर मार्केट कम्प्लेक्समा उक्त अफरको उद्धघाट्न गर्दै पत्रकार धमलाले अब यो अफरलाई गाउँगाउँसम्म पुर्याउनु पर्नेमा जोड दिए । मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढिरहेको बेला सुट बैंकले विशेष अफर सार्वजनिक गरेर धेरै नेपालीहरुको मन जितेको धमलाको भनाई थियो ।

उनले भने,‘फेशनमा नेपालको पहुँच अन्र्तराष्ट्रिय स्तरमा पुर्याउनुपर्छ, पूरानो सुट ल्याउनुहोस्, नयाँ लैजानुहोस् अफर अहिले सुट बैंकले ल्याएको छ, यो छोटो समयमा जनतामा लोकप्रिय भएको छ।’
उनले यो अफरसँगै गरिब मान्छेले पनि सुट लाउन सक्ने बताए । उनले भने,‘हेर्नुहोस्, हरेक मान्छेको चाहना हुन्छ सुट लाउने, अहिले पनि धेरै नेपालीहरु आर्थिक अभावकै कारण सुट लगाउनबाट बञ्चित छन, कसले देला? भनेर बसिरहनु भएको छ।’ धमलाले अब उक्त अफरलाई गाउँमुखी बनाउनुपर्ने सुझाव दिए । उनले भने,‘सुटको ट्रेण्डलाई अब गाउँगाउँसम्म पुर्याउनुपर्छ, दुर्गममा पुर्याउनुपर्छ, शरहमा त यसको पहुँच र प्रभाव छ, तर यो सँगसँगै गाउँमा पनि यसको विकास गर्नुपर्छ ।’

त्यस्तै उनले प्रालिका अध्यक्ष भोजराज सिवालाई आग्रह गर्दै भने,‘म उहाँलाई आग्रह गर्न चााहन्छु, देशभरि अभियान सुरु गर्नुहोस् । सुट सेलिब्रेटीहरुको लागि अनिवार्य छ, कलाकारहरुलाई पनि आवश्यकत्ता छ ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव शम्भु कोइरालाले उक्त अफरको खुलेरै प्रशंसा गरेका छन् । उनले भने,‘सुट बैंकले अघि सारेको अफर उचित हो, यसलाई अझ सशक्त रुपमा अघि बढाउनुपर्छ।’

त्यस्तै नेपाल कपडा तथा सिलाई व्यवसायी संघका पूर्व अध्यक्ष जुजुमान श्रेष्ठ र पूर्व प्रथम उपाध्यक्ष कृण्ण रणपालले पनि आफ्नो धारणा राखेका थिए ।

प्रा.ली.का अध्यक्ष भोजराज सिवाले सुटको कपडा आयातमा भ्याट र सुट तयार हुँदा पनि भ्याट लगाउने गरिएकोले नेपाली व्यवसायीहरु दोहोरो मारमा परेको गुनासो गर्दै आएका छन् । बजारमा नयाँ डिजाईनका कोट तथा सुटको उत्पादन आउन थालेपछि घरको दराजमा थन्किएको रुपमा मात्रै हुने भएकोले त्यो सुट तथा कोटलाइ सुट बैंकमा ल्याएर नयाँ डिजाईनको कोट तथा सुट लिएर जान सकिने कम्पनीले विश्वास दिलाएको छ ।

ग्राहकले ल्याउने कोट तथा सुटको उचित बजार व्यवस्थापनको लागि कोट तथा सुटको गुणस्तर हेरी मुल्यांकन गरिने कम्पनिको भनाई छ। नयाँ सुट तथा कोटको प्रयोगकालागि आर्थिक रुपमा ग्राहकवर्गलाई सहजहोस् भन्ने उद्देश्यले ग्राहकको पूरानो कोट तथा सुट समस्या नभई अवसर बन्न सक्छ भन्ने योजनाको साथ अतिउपयोगी कार्यक्रमको रुपमा हुन्छ भन्ने आवश्यकत्ता देखेर यो कार्यक्रम ल्याईएको हो।

प्रालिका अनुसार ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लैजानुहोस’ योजना सफल बनाउन ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिईनेछ । जसमा चार पांग्रे गाडी उपलब्ध गराईनेछ र १५०० वटा लक्की ड्र कुपनमा एउटा गाडी उपलब्ध गराईने पनि आयोजकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !