८ बैशाख २०८१, शनिबार

कक्षा ११ र १२ को प्रश्नपत्र छपाई सुरु


NEB

२९ फागुन, भक्तपुर  । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षाका लागि आजबाट प्रश्नपत्र छपाई सुरु भएको छ ।

बोर्डले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सानोठिमीको गोप्य कक्षमा प्रश्न पत्र छपाई सुरु भएको जानकारी दिएको छ । आगामी वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को र वैैशाख ३१ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाका लागि बोर्डले प्रश्न पत्र छपाई सुरु गरेको हो ।

परीक्षाका लागि देशभर १ हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डकी प्रवक्ता तथा उप–नियन्त्रक जयन्ती सत्यालले जानकारी दिनुभयो ।

बोर्डले गएको वर्ष ९ सय ९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकोमा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ । परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले अनुमान गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !