७ बैशाख २०८१, शुक्रबार

सान्जेन र रसुवागढीको आइपीओमा आवेदन दिने समय २ दिन मात्र बाँकी


IPO

२९ फागुन, काठमाण्डाै । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई बिक्री खुला गरेको आइपीओ आवेदन दिने समय अब सोमबारसहित २ कार्यदिन मात्र बाँकी रहेको छ ।

दुवै कम्पनीले फागुन ११ गतेदेखि आइपीओ बिक्री खुला गरेका हुन् । यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

सान्जेनले कुल ८७ लाख ६० हजार कित्ता र रसुवागढीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयरका लागि आवेदन खुला गरेका छन् । दुवै कम्पनीको आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिने छ ।

सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ताले आवेदन दिन सक्नेछन् ।

यसैगरी, रसुवागढी मा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गतेसम्ममा थप भएका सञ्चयकर्ताले आवेदन दिन सक्नेछन् ।

सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो भने रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !