८ बैशाख २०८१, शनिबार

सिभिल बैंकको ४२ लाख कित्ता सेयरको लिलामी खुल्यो


civilbank_logo

२३ फागुन, काठमाण्डौ । सिभिल बैंकले हकप्रदमा नबिकेर लिलामीमा राखेको ४२ लाख ३८ हजार ९५८ कित्ता सेयरमा आवेदन खुलेको छ । बैंकले ९ लाख ९४ हजार पाँच सय ३८ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयर लिलाममा राखेको छ ।

उक्त लिलामीको सेयरमा फागुन २३ गतेदेखि चैत्र १ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

बैंकको न्यूनतम शेयरमूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम एक सय कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् भने अधिकत्मको सिमा तोकिएको छैन । बिक्रीमा राखेजति सबै सेयरका लागि पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । दोस्रो बजारमा बैंकको सेयरमूल्य प्रतिकित्ता १५५ रुपैयाँको हाराहारीमा रहेको छ ।

सिभिलको लिलामीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिन सक्नेछन् ।

बैंकले गत मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको सेयर लिलामीमा ल्याएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !