७ बैशाख २०८१, शुक्रबार

झापा गोल्डकपमा थ्री स्टारसँग एपिएफ पराजित


Three Star

२२ फागुन, झापा । रुस्लान थ्री स्टारका विदेशी खेलाडी अजय मार्टिन चम्केपछि झापामा जारी तेस्रो रमपम झापा गोल्डकपमा विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ टिम पराजित भएको छ । सोमवार भएको खेलमा थ्री स्टार क्लवले एपिएफको चुनौती १ — ० गोल अन्तरले पन्छायो ।

विदेशी खेलाडी अजय मार्टिनले खेलको ५७ अाैं मिनेटमा गर्नुभयो । मार्टिनले सुनिलको क्रस पासमा गोलपोस्ट नजिकैबाट गरेको प्रहारलाई एपिएफका गोलकिपर अमृत कुमार चौधरीले कुनै अनुमान गर्न नसक्दा गोल पोस्टभित्र छिरेको थियो । मार्टिनको गोलनै निर्णायक गोलमा परिणत बन्यो ।

थ्री स्टारले खेलको सुरुवातदेखिनै आक्रमक खेलेपनि गोलको खाता खोल्नभने दोस्रो हाफसम्म कुर्नुपरेको थियो । सोमवारको खेलमा म्यान अफ द म्याच गोलकर्ता अजय मार्टिन हुनुभयो । उहाँलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्दकुमार पोखरेलले नगद २५ हजार प्रदान गर्नुभयो ।

एपिएफका टिम कोच रत्नकाजी महर्जनले खेलाडीले लगातार गेम खेल्नुपर्दा हार्नु परेकाे बताउनुभयो ।

अाजको खेल सहारा ११ पोखरा र मनाङविच हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !